Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बारामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

 

१४ माघ, बारा । बारामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक बी.आर. ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३-००१ च ६७८८ नम्बरको पिकअपले ठक्कर दिंदा भारत बिहारको बैरगनिया निवासी २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ ।

 

दुर्घटनामा घाइते पाठकको उपचारका कलैयास्थित प्रादेशिक अस्पतालमा राति १० बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

मोटरसाइकलमा पछाडि सवार रौतहट गौर नगरपालिका–१ का २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनी वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यस्तै बाराको कलैया उपमहानगरपालिका-४ नेपाल बैंक अगाडि ना४ख ४१८६ नम्बरको तेल ट्याङ्करले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट बृन्दावन नगरपालिका-३ निवासी ४० वर्षीया बबिता ठाकुरको मृत्यु भएको डिएसपी सापकोटाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते ठाकुरको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो ।

उक्त मोटरसाइकलमा सवार उनकी १० वर्षीय छोरी मोनी ठाकुर घाइते भएकी छन् ।

दुर्घटनामा संलग्न तेल ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP