Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आज विश्व क्यान्सर दिवस

काठमाडौं : आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ। बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमण छन्। क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सक बताउँछन्।

सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए। ‘क्यान्सरका चार चरण हुन्छछन्। शून्यदेखि तेस्रो चरणसम्मको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ’, उनले भने, ‘चौथो चरणकोलाई पनि नियन्त्रण गर्न सकिन्छ। क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उहाँको भनाइ छ।

क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले बताए। उनका अनुसार सरकारी अस्पतालमा ४० देखि ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुन्छ। त्यही उपचार निजी अस्पतालमा गर्दा पाँच लाख रुपैयाँसम्म लाग्ने उनले बताए।

सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। नेपालमा फोक्सो, पाठेघर, मुख, स्तन, पेट र आन्द्राको क्यान्सर मुख्य छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP