काठमाडौं : रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड गरिएको छ। बिहीबार राति साढे ११ बजेतिर अज्ञात व्यक्तिले अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ।
रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठोरले गाडी तोडफोड गर्नेको खोजी भइरहेको जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया