काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीको समस्या समाधान गर्न मन्त्रालय लागिपरेको बताएको छ।
शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सांसदहरूले सोधेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले यस्तो बताएका हुन्। उनले देशभरका सबै गुठीको समस्या समाधान हुने गरी मन्त्रालय गृहकार्यमा जुटेको बताए।
उनले मोही किसानका समस्या समाधान गर्नको आवश्यक कानूनी व्यवस्था गरिने समेत बताए। उनले राजगुठी, सरकारी गुठी र निजी गुठीको समस्या समाधान हुने गरी मौजुदा कानूनमा रहेका समस्या समाधान गर्न लागिपरेको बताए। उनले मौजुदा कानूनले विशेष प्रकृतिको निजी गुठीलाई सम्बोधन नगरेका कारण गुठीहरूमा समस्या भएको बताए।
भट्टले भने‚ ‘देशभरका सबै गुठीको समस्या समाधान होस् भन्ने हेतुले मन्त्रालयले गृहकार्य गर्दै आएको छ। २०७५ सालमा आएको विधेयक फिर्ता भइसकेपछि पनि हामीले केही सरोकारवाला निकायसँग छलफल गरेका थियौँ। हामी सकेसम्म सबै गुठीको समस्या समाधान गर्न मौजुदा कानूनमा रहेका समस्या समाधान गर्न लागिपरेका छौं। मौजुदा कानूनले विशेष प्रकृतिको निजी गुठीलाई नदेखेको हुनाले यो समस्या भएको हुनाले यी समग्र गुठीको समस्या समाधान हुने गरी काम भइराखेको छ।’
गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितले संविधानले मोहीको हक स्थापित गरेको भए पनि मोहीको हक राजगुठीमा मात्र लागू हुने बताए। निजी गुठीमा मोही लागू नहुने उनको भनाइ छ। उहाँले सर्वोच्च अदालतका आदेशहरूले गुठी आफैं निजी नहुने भने पनि मोहीको विषयमा छलफल भइरहेको बताए।
बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडित मोही किसानका समस्या समाधान गर्न सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने धारणा राखेका छन्। दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा आन्दोलन जारी राखेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया