Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गोतामे पत्रकारिता स्वर्णपदकबाट पत्रकार बडु सम्मानित

 

पर्सा : गोतामे पत्रकारिता स्वर्णपदकबाट दार्चुलाका पत्रकार मनोज बडु सम्मानित भएका छन्। पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आज यहाँ आयोजित एक कार्यक्रमबीच पत्रकार बडुलाई सम्मानित गरेको हो।

प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई बर्सेनि एक तोला सुनको स्वर्णपदकसहित सम्मान गर्दै आइरहेको छ। संविधानसभाका सदस्य अनिलकुमार रुगँटा र प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले एक कार्यक्रमबीच पदक वितरण गरेका हुन्।

संविधानसभाका सदस्य रुगँटाले पत्रकारितालाई स्वच्छ र पारदर्शी बताउँदै लैजानुपर्ने बताए। वरिष्ठ पत्रकार चन्द्र किशोरले स्वर्गीय पत्रकार गौतमले राष्ट्र र समाजप्रति निष्ठावान पत्रकारिता गर्दै आइरहेको स्मरण गरे। “पत्रकारितालाई अझै जनताप्रति निष्ठावान हुँदै राष्ट्र र जनताको हित हुनेतर्फ अघि बढ्न जरुरी भइसकेको छ”, उनले भने।

प्रतिष्ठानका अध्यक्ष शर्माले काठमाडौँ बाहिर बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका सक्रिय पत्रकारलाई स्वर्णपदक वितरण गर्दै आइरहेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जरा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले पत्रकारिताको मूल्यमान्यता र धर्मलाई कायम राख्दै पत्रकारिता गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP