काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले भारतको केआईआईटीको होस्टलमा एकजना नेपाली विद्यार्थी मृत फेला परेको घटनासम्बन्धी आवाज उठाउन खोज्दा सभामुखले समय नदिएको बताएकी छन्।
उनले आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय माग गरेकी थिइन्।
तर, सभामुख देवराज घिमिरेले समय दिएनन्। त्यसपछि सुमनाले सामाजिक सञ्जालबाट गुनासो पोखेकी छन्। उनले भनेकी छन्,‘यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाऊँ भन्दा समय दिनुभएन, यो त आकस्मिक नै भएन भन्नु भो। संसदमा आकस्मिक समय दिइयो, प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा, हामी सांसदलाई झोले किन भनियो? भन्ने गुनासो सुन्नलाई, हाम्रा विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौँले दु:ख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस्? भन्ने कुरा चैँ आकस्मिकमा रहने हो भने जसले झोले भने, सही भने।’
उनका अनुसार आज बिहान भारतको केआईआईटीको होस्टलमा एकजना नेपाली विद्यार्थी मृत फेला परेपछि त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनी पठाएको बताइएको छ।
सांसद् सुमनाले भनेकी छन्, ‘कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ, विद्यार्थीहरू खाली हात अन्जान ठाउँमा अलपत्र छन्,भर्खरै एकजना अलपत्र परेका भाइले भन्नुभयो-दूतावासले यो कुरा माथिबाट डिल हुन्छ भन्छ, सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ?’
सुमनाले राखेको एक अडियोमा एक विद्यार्थीले कलेज प्रशासनले कुट्दै नेपाली विद्यार्थीहरूलाई निकालेको बताएका छन्। उनले कुटेर करिब ७ जना नेपाली विद्यार्थीहरूलाई निकालेको बताएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया