Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

संसारकै चाैथाे प्रदूषित सहरको सूचीमा काठमाडौं सहर

 

 

काठमाडौं : काठमाडौं संसारकै चौथो प्रदूषित सहर भएको छ। आई क्यू एयरको एयर क्वालिटी इन्डेक्स (ए क्यू आई) वायुको गुणस्तर सूचकांकमा काठमाडौं चौथो स्थानमा छ। काठमाडौंमा एक्यू आई १८१ पुगेको छ, जुन अस्वस्थ मानिन्छ।

यस्तैगरी, मानव स्वास्थ्यमा सबैभन्दा बढी असर गर्ने वायुमण्डलमा पाइने प्रदूषणका सूक्ष्म कण अर्थात् फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) ९८.५ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ।

विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने बताएको छ। पि एम २.५ का कारण वर्षेनी संसार भरमा लाखौँ मानिसको ज्यान जाने गरेको छ। पि एम २.५ सजिलै फोक्सोमा पुग्ने र रक्त प्रवाहमा मिसिन सक्ने भएकाले यसले श्वास प्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घ रोग उत्पन्न गराउने जानकारहरू बताउँछन्।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका अनुसार वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) ०–५० लाई मात्रै राम्रो मानिन्छ । एक्यूआई ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP