Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चित्रकला र संगीतले बालबालिकाको चौतर्फी विकासमा सघाउँछ : बालेन

 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने धारणा राख्दै बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताएका छन्।

उनले सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता रहने र त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका यी विधाहरु महत्वपूर्ण हुने बताएका हुन्।

‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन्,’ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा-२७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उनले भने, ‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो, यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ, सबैले समान प्राप्तिको महसुस गर्छन्।’

कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पि. एल. सिंहको व्यक्तित्वमा कुरा गर्दै प्रमुख शाहले स्वर्गीय सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गरे।

वडाले सिर्जना कलेज अफ फाइन आर्टस्‌को प्राविधिक सहयोगमा आयोजना गरेको चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले बताए। ‘प्राकृतिक र सांस्कृतिक अवस्थितिको अनुभूति गराउँदै सिर्जना प्रस्फुटन गराउने हाम्रो चाहना हो,’ उनले भने।

वडा सदस्य सृष्टि तुलाधरले आगामी योजना सुनाउँदै यस पटकको प्राप्त नतिजा र सिकाइका आधारमा आगामी दिनमा यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP