Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

टायलमा आत्मनिर्भर नेपाल, ८० प्रतिशत माग स्वदेशी उत्पादनले पूरा गर्ने

काठमाडौं : टायल उद्योगमा नेपाल आत्मनिर्भर बन्दै गएको छ। भृकुटीमण्डपमा जारी १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरुले यस्तो बताएका हुन्। प्राइम सेरामिक्स प्रा.लि.का सञ्चालक आशिष गढले नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताए।

उनले गत वर्षसम्म भारतबाट १४ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेकोमा यस वर्षदेखि ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने दाबी गरे। स्वदेशी उत्पादन फस्टाएकाले मूल्यमा २० देखि ३० प्रतिशत घटेको उनको भनाइ छ।

उनले भने, ‘गत वर्षसम्म नेपालमा भारतबाट १४ अर्बको टायल आयात हुन्थ्यो। अहिले नेपालमा ६ वटा टायलका उद्योग आइसकेको छ। देश आत्मनिर्भरतातिर जाँदैछ। हामी नेपालको बर्ल अफ लो टायल उत्पादन गर्ने एकमात्र कम्पनी हो। हाम्रो निकै राम्रो मार्केट शेयर छ। उपभोक्ताहरुको हिसावले पनि देशमै स्वदेशी उत्पादन हुने भएकाले हाम्रो कस्ट निकै घटेको छ, झण्डै २० देखि २५ प्रतिशतसम्म टायलको मूल्य घटेको छ। स्वदेशमै उत्पादन हुने भएपछि चर्को भन्सार र भाडाहरु तिर्नु पर्दैन। नेपालको घर बनाउने खर्चमा राम्रै योगदान भएको छ। टायल उद्योग यसरी फस्टाउँदा खेरि।’

लुम्बिनी सेरामिक्सका निर्देशक आशुतोष खेतानले नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरुमा समेत निर्यातका लागि योजनाहरु बनाइरहेको दाबी गरे।

निमाटोका निर्देशक जयश जैनले आफ्नो कम्पनी नेपालबाट भारतमा टायल निर्यात गर्ने पहिलो कम्पनी बनेको बताए। उनले निमाटोले दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गरिरहेको भन्दै आफ्नो कम्पनी नेपालको सबैभन्दा ठूलो टायल उत्पादन गर्ने कम्पनी बनेको दाबी गरे। स्वदेशी टायल उत्पादनका कारण उपभोक्ताले सस्तो मूल्यमा टायल खरिद गर्न पाएको उनको भनाइ छ।

नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले टायल निर्यातका लागि प्लान्ट थप्ने तयारी गरिरहेको बताए। अहिलेको प्लान्टमा उत्पादन भइरहेका टायल स्वदेशकै माग धान्न ठिक्क भएको उनको भनाइ छ। भारत र चीनमा गएर कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग सुरु गरेको उनले बताए। उनले नेपालको वार्षिक टायलको माग २ हजार हरोड रहेकाले पाँचदेखि ६ वटा उद्योग राम्रोसँग चल्नसक्ने बताए।

केही वर्षअघिसम्म एकाधिकार रूपमा भारतबाट आयात हुने टायल हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ। नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउने मात्र नभई विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ। टायल उद्योगलाई थप उत्पादनशील बनाएर निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको पनि महत्वपूर्ण स्रोत बन्नसक्ने उद्यमी बताउँछन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP