रामदेव कोरी
मायादेवी, १० फाल्गुन ।
कपिलवस्तुकाे मायादेवी गाउँपालिका- ५ मा सूर्याेदय युवा क्लबको आयोजना र मायादेवी गाउँपालिकाको समन्वयमा गाउँपालिका स्तरीय सामुदायिक माध्यमिक विद्यालयहरुबीच हाजिरी जवाफ प्रतियोगिता जनता माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
स्थानीय समाज सेवीहरुको सहयोगमा सञ्चालित कार्यक्रममा मायादेवी गाउँपालिकामा रहेका कुल ८ वटा सामुदायिक माध्यमिक विद्यालयहरु मध्ये ६ ओटा विद्यालयका ३⁄३ जनाका दरले कुल १८ जना विद्यार्थीहरु सहभागीता थियोे ।
प्रतियोगितामा जनता माध्यमिक विद्यालय बलुहवा प्रथम, शुभद्र जनता माध्यमिक विद्यालय सिसहनीया दोस्रो र राष्ट्रिय माध्यमिक विद्यालय जिग्निहवा तृतीय स्थान प्राप्त गरेका छन् । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गंगापुर-भैसकुण्डा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुंगेहरी र स्वतन्त्र माध्यमिक विद्यालय रतनपुरले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवको प्रमुख आतिथ्यता, मायादेवी गाउँपालिकाका शिक्षा अधिकृत माधव प्रसाद घिमिरेको विशिष्ट आतिथ्यतामा थियोे ।
सिवाइसिसि परियोजनाका शिक्षा अधिकृत रामरेखा बरुणको सञ्चालनमा सम्पन्न कार्यक्रम सूर्योदय युवा क्लबको अध्यक्ष दुर्गेश यादवकाे अध्यक्षतामा भएको हाे भने विद्यालयका शिक्षक एवम् प्रधानाध्यापकको समेत उपस्थितिमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार तथा सम्मान-पत्र र ट्रफी समेत प्रदान गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया