Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

काभ्रेको खोपासी र शंखुबाट कोटेश्वरसम्म विद्युतीय माइक्रो चल्‍न थाल्यो

 

काठमाडौं : पनौती र मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट विद्युतीय माइक्रोबाट सेवा दिन थालेको छ।

यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुईवटा नयाँ रुट कायम गरिएको छ।

कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन्।

‘हामीले गत कात्तिकमै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं। सोहीअनुरूप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ। अरु थप हुँदै छ’, सैंजुले थपे।

हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए।

हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो इभी सञ्चालन हुँदै छ।

काभ्रे पुण्यवती यातायात कम्पनीले पर्यावरण र प्रविधि र यात्रुका जनघनत्वलाई समेत ध्यानमा राखेर इभी माइक्रो सञ्चालन गर्न लागेको उल्लेख गरेको छ।

सैंजुले भने, ‘हाम्रो कम्पनीले बस तथा मिनिबसबाट सेवा दिइरहेका केही ग्रामीणभेगमा जनघनत्वको कमीले गर्दा ठुलो बस सञ्चालन गर्नमा कठिनाई हुँदै आएको थियो। यही अवस्थालाई ध्यानमा राख्नै यात्रुलाई छिटोछरितो सेवा दिनका लागि थोरै सिट भएका इभी माइक्रो सेवा थालिएको हो।’

स्थापनाकालमा काभ्रे मिनिबस सेवा समितिका रुपमा २०३४ सालमा दर्ता भई हालसम्म डिजेलबाट सञ्चालित बसरमिनिबस सञ्चालन गरिरहेको हालको काभ्रे पुण्यवती यातायात प्रालि २०७६ नै काभ्रेपलाञ्चोक जिल्लामा इभी माइक्रो सञ्चालन गर्ने पहिलो कम्पनी बन्न पुगेको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP