Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

‘स्वास्‌नी पाउन नसकेको थारो’ भनेपछि घनले हानेर काका काकीको हत्या

 

काठमाडौं : प्युठानको माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।

घटनाको जानकारीपछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायव उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। डिएसपी बस्यालका अनुसार रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

युवकले हत्या गरेको स्वीकारेको भन्दै, डिएसपी बस्यालले भने, ‘प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले, सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेँ।’ भनेर प्रहरीले बताएको बस्यालले बताए।

एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए। यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिबार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन- तीनपटक टाउकोमा प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र मृतकहरूको रगत पुछेको व्लाङ्केट बरामद गरेको छ।

डिएसपी बस्यालले हत्याको सूचना दिने पहिलो व्यक्ति नै पङ्कज भएको पनि बताए। जसले हामीलाई सबैभन्दा पहिला सूचना दियो त्यही व्यक्तिले हत्या गरेको खुलेको बस्यालको भनाइ छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP