Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाँके निकुञ्जमा देखिन थाल्यो पाटे बाघ र चितुवाको ओहोरदोहोर

 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन्।

निकुञ्जका करिब ७० स्थानमा लगाइएका १६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो।

निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ र चितुवा देखिएको भन्दै अहिले क्यामेरा निकालिएको बताए।

“बाघ र आहार प्रजातिको अवस्था बुझ्न क्यामेरा लगाइएको थियो। अहिले यसलाई निकालेर विश्लेषण गर्न बाँकी छ”, उनले भने।

पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत सङ्घसस्थाको संयुक्त प्राविधिक टोलीले एक महिनाभित्र विश्लेषणको काम सकेपछि वास्तविक तथ्याङ्क बाहिर आउने उल्लेख गरे।

जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले कम्दी करिडोरको सामुदायिक तथा राष्ट्रिय वनमा २ किलोमिटरको दूरीमा क्यामेरा जडान गरेर पाटे बाघ र चितुवाको अध्ययन भइरहेको जानकारी दिए।

ती क्यामेरा करिडोरमा एक साताअघि लगाइएको थियो। उनले क्यामेरामा बाघ र चितुवा आवतजावत गरेको देखिएको उल्लेख गर्दै बाघ कुनकुन बाटोबाट हिँड्छन् भन्ने जानकारीसमेत प्राप्त भइरहेको बताए।

वन प्रमुख गुप्ताले जडान गरिएका क्यामेरा १५ दिनसम्म कम्दी करिडोरमा रहने जानकारी दिँदै क्यामेराबाट बाघ र चितुवा प्रजातिको वास्तविक तथ्याङ्क आउने बताए।

“यसको विस्तृत तथ्याङ्क आएपछि प्राविधिक टोलीले विश्लोषण गर्नेछ र आगामी दिनका लागि योजना बनाइने छ”, उनले भने।

यसअघि भएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेका पाइएको गुप्ताले जानकारी दिए। बाँके राष्ट्रिय निकुञ्ज विसं २०६७ मा स्थापना भएको थियो।

११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित ३ सय किसिमका पन्छी, २ किसिमका दुर्लभसहित २४ घस्रने, ५ किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु यहाँ रहेका निकुञ्ज कार्यालयले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP