रामदेव कोरी
मायादेवी, १५ फाल्गुन
कपिलवस्तुको मायादेवी गाउँपालिका- ७ मा समुदाय युवा समाज आयोजनामा पालिकाका विभिन्न विद्यालयहरुबीच हाजिरी जवाफ प्रतियोगिता श्री स्वतन्त्र माध्यमिक विद्यालय रतनपुरमा सम्पन्न भएको छ ।
मायादेवी गाउँपालिका ७ नं वडा कार्यालयको सहयोगमा सञ्चालित कार्यक्रममा मायादेवी गाउँपालिकामा रहेका विभिन्न ४ ओटा सामुदायिक विद्यालयहरु र १ वटा संस्थागत विद्यालय गरी ५ ओटा विद्यालयका ५⁄५ जनाका दरले कुल २५ जना विद्यार्थीहरुको सहभागीता थियो ।
प्रतियोगितामा शुभद्र जनता माध्यमिक विद्यालय सानो सिसहनिया प्रथम, चतुर्भुज आधारभूत विद्यालय बनकसिहा दोस्रो र राष्ट्रिय माध्यमिक विद्यालय जिग्निहवा तृतीय स्थान प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र माध्यमिक विद्यालय रतनपुर र उदयज्योति इंगलिश बोर्डिंग स्कूल सिसहनियाले सान्त्वना स्थान प्राप्त गरेको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व मायादेवी गापा अध्धक्ष बजरंगी प्रसाद कुर्मीले आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रमा अतुलनीय प्रगति गरेको बताउँदै सो पछिल्लो समयमा खस्किदै गएको बताउँदै पालिकाको शैक्षिक संस्थाहरुमा लगानी गर्नुपर्ने बताउनुभयो यसैगरी अन्य अतिथिहरुले समेत आ आफ्नो शैक्षिक धारणा राखेका थिए ।
युवा क्लबका सचिव गया प्रसाद यादवको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष अनुप कुमार चौधरीले गरेको कार्यक्रममा सिवाइसिसि परियोजनाका शिक्षा अधिकृत रामरेखा बरुणको समेत सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक एवम् प्रधानाध्यापकको समेत उपस्थितिमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार तथा सम्मान-पत्र र ट्रफी समेत प्रदान गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया