Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नुन लिन नागरिकता अनिवार्य!

काठमाडौं साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न नागरिकता पेश गर्नुपर्ने भएको हो ।

नागरिकताको फोटोकपी गर्दा १० रुपैयाँ लाग्छ। लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन लिने व्यक्ति नदोहोरिऊन् भनेर नागरिकताको प्रतिलिपि लिने गरेको बताए। वडाले सिफारिस गर्दा पनि हुने तर वडाध्यक्ष आवश्यक परेको बेला नभएको अवस्थामा पनि नुन वितरण गर्न नागरिकताको फोटोकपी पेश गर्ने गरिएको उनले बताए। यसरी नागरिकताको प्रतिलिपि पेश गरेपछि एकजनालाई १० केजी नुन बिक्री गर्ने गरिएको छ।

हाल लिमिटेडको गोदाममा एक हजार ३९५ क्विन्टल नुन मौज्दात छ। यो आर्थिक वर्षको एक हजार १०० क्विन्टल नुनमा हालसम्म हवाईमार्गबाट ५८२ क्विन्टल ढुवानी भइसकेको र बाँकी पनि ढुवानीको चरणमा रहेका कारण समस्या नहुने लिमिटेडले जनाएको छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP