Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

एनआरएनए एकता महाधिवेशनका लागि निर्वाचन आयोग गठन

२ चैत, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि निर्वाचन आयोग गठन भएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।

उच्चस्तरी समितिका अनुसार वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेका छन् । सेवा निवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष पनि हुन् । ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्वअध्यक्ष हुन् भने अधिवक्ता आशिष उप्रेती युवा कानुन व्यवसायी हुन् ।

‘संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन आयोगलाई सहयोग गर्न हामी सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ’, उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले भने ।

अध्यक्ष घलेले लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर आगामी मे ३ देखि ५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको बताए ।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ ।

उच्चस्तरीय समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौंमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरेको छ । अनलाइन खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP