काठमाडौं : काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ। महानगरपालिकाले यसको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरेको हो।
महानगरपालिकाका अनुसार यसपछि महानगरपालिका र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमुनाहरूको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्नेछ। खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता छ।
यी उपकरणको प्रयोगले बजारबाट संकलित नमुना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ। प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवशेषको परिणाम परीक्षण गर्ने उपकरण (आर. वि. पि. आर.) छ।
दुधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दुधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट, दुधको सोलिड नट फ्याट (एस. एन. एफ.) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पि.एच. परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए।
उनका अनुसार संकलित खाद्य पदार्थ नमुनाको तौल जाँच्ने उपकरण व्यालेन्स, खाद्य पदार्थको नमुना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर व्यालेन्स पनि प्रयोगशालामा छ। नमुना खाद्य पदार्थ जाँच्नका लागि पिँधेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमुनालाई एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर, तेलको गुणस्तर परीक्षण गर्ने कुकिङ् आयल टेस्टर (टि. पि. एम. मिटर) छन्।
तेल, घ्यू जस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इण्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफुल जुसमा टि. एस. एस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ। नमुना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक व्युरेट, तापक्रम परीक्षण गर्ने टेम्प्रेचर प्रोब छ। हानीकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ।
खाद्य पदार्थको नमुना राख्ने रेफ्रिजेरेटर छ। उपकरणहरूसँग जोडेर काम गर्न सकिने ल्यापटप छ। ‘यो प्रयोगशाला तापक्रम अनुकुलित (एअर कन्डिसन) र संकलित नमुनाका कणहरूको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनीएक्टर छ,’उनले भने,‘खाद्य पदार्थ तताउने हट प्लेट छ, हात धुने तथा अन्य चिज पखाल्ने ठाउँ धारा र वेसिन छ, मिठाइमा प्रयोग गरिने अखाद्य रंगको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकोले मिठाइमा रङ्गको मिसावट तत्कालै थाहा पाउन सकिन्छ।’
खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सम्झौता गरेर यो प्रयोगशालाको भ्यानलाई अनुगमनमा प्रयोग गर्न थालिएको हो। अनुगमन निरीक्षणमा प्रयोगशालासहित खाद्य प्राविधिक, माइक्रोवायोलोजिष्ट तथा विज्ञसहितको संयुक्त टोली हुनेछ।
महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यस अघि पनि संकलन भएका खाद्य पदार्थको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। त्यसको नतिजा आउन बाँकी छ। थाहाखबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया