काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनामाथि अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप १५ दिन समय दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनीहरुमाथि तीनकुनेमा चैत १५ मा भएको घटनासँग जोडेर राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका अलादतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए।
यसअघि उनीहरूविरुद्ध पहिलोपटक ५ दिन र दोस्रो पटक ६ दिन म्याद थप गरिएको थियो।
तीनकुनेको प्रदर्शनमा आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेकाहरूमाथि २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। थाहाखबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया