पूर्वी नवलपरासी : जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दुई जनाको शव चैत्र २७ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।
सोही ठाउँ बस्ने १३ वर्षिय दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जा नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएका थिए।
उनीहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा टोली खटिएको थियो।
टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान ११ः३० बजे र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराईबाट अपरान्ह १२ः३० बजे निकालेको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया