Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गाउँपालिका अध्यक्षलाई जानकारी नदिइ वडाध्यक्ष १० महिनादेखि बेपत्ता

 

गोरखा : सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेस्वर पोखरेल १० महिनादेखि बेपत्ता बनेका छन्। उनी गत जेठमा अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई दिएर अमेरिका हानिएका हुन्। उनी माओवादी केन्द्रका कार्यकर्ता हुन्। र, माओवादीबाट वडाध्यक्ष जितेका जनप्रतिनिधि हुन्।

वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल सम्पर्कविहीन भएको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका छन्।

उनको यो अमेरिका भ्रमण दोस्रो पटक हो। पहिलो पटक अमेरिका जाँदा पोखरेलले वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर गएका थिए। सोको जानकारी गाउँपालिकालाई समेत गराएका थिए। तर, अहिले उनै पोखरेललाई कार्यवाहक दिएको तर सोको जानकारी गाउँपालिकामा नगराएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए।

कार्यवाहक वडाध्यक्ष पोखरेलले भने वडाध्यक्ष पोखरेल उपचारको लागि भारत जान्छु भनेर गएको बताए। ​वडाध्यक्षका कारण सेवाप्रवाह र बिकास निर्माणको काममा कुनै पनि बाधा अबरोध नभएको उनको भनाइ छ। तर वडाध्यक्ष पोखरेलले असार मसान्तसम्म उनलाई कार्यवाहक दिएको स्रोतको दाबी छ।

वडाध्यक्ष पोखरेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरितका काम गरेको उनीहरुको आरोप छ। उनको परिवार अमेरिकामा रहेकाले पहिले पनि पारिवारिक भ्रमणका लागि गएको र अहिले पनि उपचारको बहनामा फेरी अमेरिका नै गएको दाबी स्थानीयहरुको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP