Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

 

काठमाडौं : सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना गरिँदै छ। यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ।

सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट वाइएई, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र क्रिडाकलगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा हिमाली संवाद हुन लागेको हो। यसमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न मञ्च प्रदान गर्नेछ।

स्थानीय मुद्दाहरूलाई राष्ट्रिय मञ्चहरूसँग जोड्दै, हिमाली संवादले हिमाली समुदायहरूभित्र एक प्रमुख मञ्चका रूपमा काम गर्ने वाइएइका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए। “सगरमाथा संवादको बृहत् एजेन्डा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सँग मेल खाने गरी राष्ट्रिय र अन्तरराष्ट्रिय नीतिगत वार्ताहरूमा समुदायका आवश्यकताहरूको अर्थपूर्ण एकीकरणका लागि बालबालिका र युवाका लागि स्थान र आवाज उठाइनेछ”, उनले भने।

हिमाली संवादका मुख्य उद्देश्यहरू बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने, उमेर–संवेदनशील जलवायु नीतिहरूको वकालत गर्ने, स्थानीय वास्तविकताहरूलाई विश्वव्यापी जलवायु ढाँचाहरूसँग जोड्ने र सफल समुदाय–नेतृत्वका जलवायु पहलहरू प्रदर्शन गर्ने रहेका छन्।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब एक सय ५० जनाको सहभागिता रहने छ। जलवायु परिवर्तन र वातावरणीय ह्रासले बालबालिका तथा हिमाली क्षेत्र जोखिमपूर्ण बन्दै गएको विज्ञ बताउँछन्।

वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान गरे तापनि, यी क्षेत्रका बालबालिकाले यसका विनाशकारी परिणामहरूको सबैभन्दा बढी मार खेपिरहेका छन्। नेपालका हिमाली समुदायहरूमा, बालबालिकाहरूले जलवायु परिवर्तनका चरम मौसमी घटनाहरू, वायूप्रदूषण र पानीजन्य रोगहरूको सामना गरिरहेका छन्, जसले उनीहरूको जीवन रक्षा, शिक्षा, संरक्षण र समग्र कल्याणमा असर पारिरहेको छ। त्यस्ता प्रभावित समुदायको न्यायका लागि आवाज बुलन्द गर्न हिमाली संवाद आयोजना गर्न लागिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए।

पछिल्ला केही दशकमा नेपालले जलवायुजन्य घटनाहरू बढ्दै गएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला विपद्मा सेती बाढी, जुरे पहिरो, मेलम्ची बाढी, कर्णाली÷पश्चिम तराई पहिरोरबाढी, थामे बाढी पहिरो र काठमाडौँ उपत्यका बाढीलगायत रहेका छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP