Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

एमसीसी बन्द गर्ने अमेरिकाको तयारी

 

काठमाडौं : अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना बन्द गर्ने तयारी गरेको छ।

विकासशील देशहरुको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित यो परियोजना एलन मस्क नेतृत्वको सरकारी दक्षता विभागको सिफारिसमा बन्द गर्न लागिएको हो।

संघीय खर्च कम गर्ने उद्देश्यले एमसीसी परियोजना बन्द गर्न लागिएको भन्दै विभागले कर्मचारीहरुलाई इमेल पठाएको छ। मंगलबार विभागले कर्मचारीहरुलाई इमेल लेखेर यसबारे जानकारी गराएको छ। सीएनएनका अनुसार आगामी मे ५ देखि एमसीसीका सबै कर्मचारी पदमुक्त हुने सम्भावना छ।

एजेन्सीहरुका अनुसार एमसीसीको प्रमुख कार्यकारी अधिकृत बाहेक सबै कर्मचारीलाई अवकास दिने तयारी छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि युएसआईडी बन्द गरेपछि एमसीसीको अनुदान ९० दिनलाई निलम्बन गरिसकेको थियो।

अमेरिकी कांग्रेसले सन् २००४ मा स्थापना गरेको एमसीसीले सरकारी संस्थानका रुपमा काम गर्दै आएको थियो। यसले दिने अनुदानबाट नेपालसहित झण्डै ४ दर्जन विकासशील मुलुकले आर्थिक विकासका विभिन्न क्षेत्रमा आफूले छनोट गरेका परियोजनामा काम गर्दै आएका छन्।

एमसीसी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजना आउनुअघिको अमेरिकी रणनीतिक योजनाका रुपमा लिने गरिन्छ। अमेरिकाले एमसीसी परियोजनामार्फत् नेपाललाई ५० करोड डलर अनुदान दिने सम्झौता छ।

एमसीसी बन्द भएमा नेपालले सुरु गरेका एमसीए नेपाल अन्तर्गतका विद्युत प्रसारण लाइन तथा सडक निर्माणको काम प्रभावित हुने देखिन्छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP