Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भारतले पानी नदिँदा गण्डक जलविद्युत्‌को बिजुली उत्पादन बन्द‚ दैनिक ७-८ लाख नोक्सान

 

 

नवलपरासी : भारतले गण्डक ब्यारेजबाट पानी नदिएपछि डेढ महिनायता गण्डक जलविद्युत्‌ केन्द्रको विद्युत् उत्पादन ठप्प भएको छ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुषालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताएका छन्।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक ब्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको हो।

भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत् उत्पादन रोकिएको उनले बताए। गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको जानकारी उनले दिए।

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ। नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो।

करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्‌को नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा रहेको छ।

यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुषालले बताए।

भारतीय पक्षले हरेक वर्ष कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ। यसले गर्दा नेपाललाई नोक्सान हुने गरेको उनले बताएका छन्।

नहरमा पानी बन्द भएकाले विद्युत् उत्पादन ठप्प भएपछि दिनहुँ ७ देखि ८ लाख रुपैयाँसम्म घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिए।

१५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्रले अहिले ४ देखि साढे ४ मेगावाटसम्म मात्र विद्युत् उत्पादन गरिरहेको छ। ३ वटा टर्बाइन भएको जलविद्युत् केन्द्रेका २ टर्बाइनले मात्र विद्युत् उत्पादन गरिरहेका छन् भने एउटा टर्बाइन बिग्रिएर थन्किएको छ।

गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतीय उपकरण पुरानो प्रविधिअनुसारका रहेको हुनाले प्रतिस्थापन गरी सुधार गर्नुपर्ने देखिएको उनले बताए।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP