काठमाडौं : बीपी कोइराला र योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्राप्त गर्नेको नाम घोषणा भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई/दुई जनालाई प्रदान गर्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय भएको छ। २ लाख रुपैयाँ राशिको यो पुरस्कार दुईजनालाई एक-एक लाखका दरले प्रदान गरिनेछ।
साहित्यतर्फ पाँचथरका बैरागी काइँला र मोरङका भुवन ढुंगानालाई प्रदान गरिने भएको छ। २ लाख रुपैयाँ राशिको यो पुरस्कार दुईजनालाई एक-एक लाखका दरले प्रदान गरिनेछ।
यस्तै एक लाख राशिको योगमाया राष्ट्रिय पुरस्कार बर्दियाकी निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया