Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

देउरानीको बाउसो प्रहारबाट जेठानी गम्भीर घाइते

 

मुगु : छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा देउरानीले जेठानीलाई घरेलु हतियार बाउसो प्रहार गरी गम्भीर घाइते बनाएकी छिन्।

मंगलबार घरेलु जग्गा विवादका कारण झगडा हुँदा देउरानी विमला बुढाले जेठानी दुर्गा ऐडिलाई टाउकोमा घरेलु हतियार बाउसो प्रयोग गरी घाइते बनाएको मुगु प्रहरीले जनाएको छ। घाइते दुर्गा ऐडिको टाउको र अनुहारमा गहिरो चोट लागेको जनाइएको छ।

घरका ससुरा बाचुराम ऐडिका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा तीन भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की विमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडिलाई घरेलु हतियार बाउसो प्रहार गरेर घाइते बनाएको ससुराले बताए।

झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। अहिले घरेलु हतियार प्रयोग गरी घाइते बनाउने विमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

देउरानीको प्रहारबाट गम्भीर घाइते जेठानी दुर्गाको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरी उपचार भइरहेको जनाइएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP