Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

सरकारको नीति तथा कार्यक्रम : कृषि मल कारखाना स्थापना कार्य अघि बढाइने

 

काठमाडाैँ : सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा पनि कृषि मल कारखाना स्थापनाको कार्य अगाडि बढाउने उल्लेख गरेको छ।

मुलुकभित्रै मल कारखाना स्थापना गरी रासायनिक मलको अभाव भोग्दै आएका किसानको समस्या समाधान गर्ने कागजी प्रतिबद्धता सरकारहरूले गर्दै आएका विज्ञ बताउँछन् । वर्तमान सरकारले पनि आगामी वर्ष रासायनिक मलको कारखाना स्थापना गर्नका लागि गर्न आवश्यक कार्य गरिने जनाएको छ।

रसायन तथा विषादीको आयात तथा प्रयोगलाई नियमन गरी यसको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको जोखिम न्यूनीकरण गरिने भन्दै सरकारले जैविक विषादीको उपयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दिगो कृषि उत्पादन प्रणाली प्रवर्द्धनको विशेष कार्यक्रम सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रम रहेको राष्ट्रपति पौडेलले बताए।

रासायनिक मल मूल्य, आपूर्ति र वितरण प्रकृयालाई परिमार्जन गरिने भन्दै सरकारले कृषि, पशुपन्छी र खाद्य प्रयोगशालाहरूको विद्यमान प्रत्यायनको दायरालाई विस्तार गरी अन्तरराष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालामा स्तरोन्नति गरिने बताएको छ।

कृषि योग्य भूमिको संरक्षण, बाँझो जमिनको उपयोग, चक्ला बन्दी र करार खेतीलाई प्रवर्द्धन गरिनेछ। जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ भने रैथाने बाली, बीउ, नस्ल र कृषि जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
कृषि उत्पादन वितरण, भण्डारण र उपयोग शैलीलाई पोषणको अभिन्न अंगको रुपमा अघि बढाइने छ ।

कृषि सेवालाई सर्व सुलभ र पारदर्शी बनाउन डिजिटल प्रणाली विकास गरिनेछ। क्वारेन्टाइन र प्रयोगशाला सेवाको स्तरोन्नति गरिने छ। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) पुनर्संरचना गरी कृषि अनुसन्धानलाई किसानमैत्री र नतिजामुखी बनाइने सरकारले जनाएको छ।

प्रधानमन्त्री कृषि परियोजना

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना पुनर्संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि उत्पादन प्रणालीको आधुनिकीकरण कार्यक्रमको रुपमा निरन्तरता दिइने भएको छ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, वीपी राजमार्ग, हुलाकी राजमार्ग र करिडोरहरूलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइने सरकारले जनाएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP