Trending
flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं राजनीति कानून नबन्दा १७ हजार विद्यालय बन्द हुने अवस्थामा : चन्द्र भण्डारी शिक्षा कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ? राजनीति पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नु दुःखद : सांसद रिजाल

शिवराज अस्पतालमा सञ्चालित स्वास्थ्य शिविरमा  पहिलो दिन ८ सय ३४ जनाले सेवा लिए

रमा शंकर तिवारी

कृष्णनगर, १९ बैशाख ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे शिवराज अस्पताल बहादुरगञ्जमा सञ्चालित २ दिने नि:शुल्क मुटु तथा मृगौला जाँच स्वास्थ शिविरबाट ८ सय ३४ जनाले सेवा लिएका छन् । जसमा पुरुष ४ सय २५ जना र महिला ४ सय ९ जना सेवा लिएकाे फाेकल प्रशन डाक्टर दुर्गेश चाैधरीले जानकारी दिए ।

उनका अनुसार एक्स-रे सेवा, ल्याव १ सय ३० जना, इसीजी ३ सय ५१ जना, इकाेकार्डियाे १ सय ७८ जना सेवा लिएका हुन् । जसमा ८ जना बिरामीलाई अस्पतालमा भर्ना गरिएकाे छ । यस्तै आकस्मिक सेवातर्फ पुरुष ४ र महिला ६ गरि १० जनाले सेवा लिएका छन् । १ जना बिरामीलाई डिस्चार्जसमेत गरिएको छ ।

पुर्व सांसद अभिषेक प्रताप शाहले शुक्रबार मुटु तथा मृगौला जाँच शिविर सेवाकाे शुभाराम्भ गरेका हुन् । उनले आफ्नै गाउँघरमा शिविर सञ्चालन हुँदा ग्रामिणका नागरिक बढी लाभान्वित हुने बताए । जाँच भएपछि बिरामीलाई स्वास्थ्य उपचारमा सहज हुने भन्दै स्वास्थ्य अवस्था जाँच गराई गराउन सांसद शाहले अनुरोध समेत गरे । गरिब, विपन्न परिवारका व्यक्तिलाई याे स्वास्थ्य शिविरले बढी लाभ प्राप्त हुने उनको भनाइ छ ।

नगरपालिकाकाे आयाेजना र त्रिवि शिक्षिण अस्पताल लगायतकाे प्राविधिक सहयोगमा मृटु तथा मृगौला जाँच शिविर सुरु भएको नगर प्रमुुख रजत प्रताप शाहले जानकारी दिए । शिविर मार्फत नि:शुल्क मृटु तथा मृगौला राेग सम्बन्धी परामर्श सेवा, इसिजी, इकाे कार्डियाेग्राफी, औषधी वितरण र रगत परिक्षण लगायत सेवा उपलब्ध हुने नगर प्रमुख शाहले बताए । सेवा लिनका लागि बसकाे व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बिरामीलाई पूर्ण नि:शुल्क औषधीहरु उपलब्ध गराउने नगरपालिकाले व्यवस्था गरिएको बताए । नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको हुँदा समयमै शिविरमार्फत सेवा लिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा डाक्टर अनिल भट्टराई, उद्योग वाणिज्य संघ कृृष्णनगरका अध्यक्ष रितेश शर्मा, नगरका लेखा शाखा प्रमुख मनिष पाण्डे, प्रशासन शाखा प्रमुख राजेश मिश्रा, शिक्षा शाखा प्रमुख बलराम पन्थी, राजश्व शाखा प्रमुख इश्वरी पौडेल लगायतकाे उपस्थिति थियोे ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP