Trending
समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी

शिवराज अस्पतालमा सञ्चालित स्वास्थ्य शिविरमा  पहिलो दिन ८ सय ३४ जनाले सेवा लिए

रमा शंकर तिवारी

कृष्णनगर, १९ बैशाख ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे शिवराज अस्पताल बहादुरगञ्जमा सञ्चालित २ दिने नि:शुल्क मुटु तथा मृगौला जाँच स्वास्थ शिविरबाट ८ सय ३४ जनाले सेवा लिएका छन् । जसमा पुरुष ४ सय २५ जना र महिला ४ सय ९ जना सेवा लिएकाे फाेकल प्रशन डाक्टर दुर्गेश चाैधरीले जानकारी दिए ।

उनका अनुसार एक्स-रे सेवा, ल्याव १ सय ३० जना, इसीजी ३ सय ५१ जना, इकाेकार्डियाे १ सय ७८ जना सेवा लिएका हुन् । जसमा ८ जना बिरामीलाई अस्पतालमा भर्ना गरिएकाे छ । यस्तै आकस्मिक सेवातर्फ पुरुष ४ र महिला ६ गरि १० जनाले सेवा लिएका छन् । १ जना बिरामीलाई डिस्चार्जसमेत गरिएको छ ।

पुर्व सांसद अभिषेक प्रताप शाहले शुक्रबार मुटु तथा मृगौला जाँच शिविर सेवाकाे शुभाराम्भ गरेका हुन् । उनले आफ्नै गाउँघरमा शिविर सञ्चालन हुँदा ग्रामिणका नागरिक बढी लाभान्वित हुने बताए । जाँच भएपछि बिरामीलाई स्वास्थ्य उपचारमा सहज हुने भन्दै स्वास्थ्य अवस्था जाँच गराई गराउन सांसद शाहले अनुरोध समेत गरे । गरिब, विपन्न परिवारका व्यक्तिलाई याे स्वास्थ्य शिविरले बढी लाभ प्राप्त हुने उनको भनाइ छ ।

नगरपालिकाकाे आयाेजना र त्रिवि शिक्षिण अस्पताल लगायतकाे प्राविधिक सहयोगमा मृटु तथा मृगौला जाँच शिविर सुरु भएको नगर प्रमुुख रजत प्रताप शाहले जानकारी दिए । शिविर मार्फत नि:शुल्क मृटु तथा मृगौला राेग सम्बन्धी परामर्श सेवा, इसिजी, इकाे कार्डियाेग्राफी, औषधी वितरण र रगत परिक्षण लगायत सेवा उपलब्ध हुने नगर प्रमुख शाहले बताए । सेवा लिनका लागि बसकाे व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बिरामीलाई पूर्ण नि:शुल्क औषधीहरु उपलब्ध गराउने नगरपालिकाले व्यवस्था गरिएको बताए । नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको हुँदा समयमै शिविरमार्फत सेवा लिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा डाक्टर अनिल भट्टराई, उद्योग वाणिज्य संघ कृृष्णनगरका अध्यक्ष रितेश शर्मा, नगरका लेखा शाखा प्रमुख मनिष पाण्डे, प्रशासन शाखा प्रमुख राजेश मिश्रा, शिक्षा शाखा प्रमुख बलराम पन्थी, राजश्व शाखा प्रमुख इश्वरी पौडेल लगायतकाे उपस्थिति थियोे ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP