रौतहटम : रौतहटमा कार र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ को मोटरसाइकाललाई आज बिहान ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार गरुडा नगरपालिका–३ का ६० वर्षीय बलिराम सहनी र उनकी छोरी ४० वर्षीया उर्मिला देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए। उनका अनुसार कार चालक हेटौँडा उपमहानगरपालिका–१२ का कुमार पोखरेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया