Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कम्पनी, उद्योग नवीकरण गर्ने चलन हटाऔँ : गोकर्ण अवस्थी

 

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले नेपालमा लगानी बढ्न नसक्नुको मुख्य कारण राजनीति अस्थिरता र चुस्त कानुन नहुनु बताएका छन्।

आफूहरूले गरेको सर्वेक्षणमा ८० प्रतिशतले राजनीति अस्थिरताका कारण लगानी नबढेको पाएको बताएका हुन्। आइबीएन मिडियाले आइतवार काठमाडौंमा आयोजना गरेको प्रि-बजेट छलफल कार्यक्रममा उनले लगानी बढाउन राजनीतिक स्थायित्व जरुरी हुने बताए। उनले अहिलेको राजनीति परिस्थिति, संविधान अनुसार राजनीतिक हुन नसक्ने स्थिति रहेको बताए।

रोजगारी दशक भनेर नीति तथा कार्यक्रममा आए पनि लगानी नभई रोजगारी कसरी हुन्छ भन्दै प्रश्न गरे। सरकारले दिएको रोजगारी ५ लाखलाई मात्रै रहेको बताउँदै उनले बाँकी रोजगारी निजी क्षेत्रबाट सिर्जना भएको बताए। रोजगारी सिर्जना गर्न सरकारले लगानीमैत्री वातावरण बनाउनुको विकल्प नरहेको उनको भनाइ छ। उनले लगानी दशक भनिरहँदा लगानीसम्बन्धी कानुन समयानुकूल बनाउन जरुरी रहेको बताए।

अवस्थीले भने‚ ‘राजनीति स्थायित्व हुन जरुरी छ। यसपटक हामीले सर्वेक्षण गरेका छौं। झन्डै ८० प्रतिशतले नेपालमा लगानी नहुनुको कारण राजनीतिक अस्थिरता भनेका छन्।’

एकीकृत कानून, एकीकृत निकाय, निर्णयका लागि शक्तिशाली संयन्त्र जरुरी रहेको उनको भनाइ छ। उनका अनुसार नागरिक एपमा बिजनेस आइकन थप्नुपर्छ। त्यसबाट व्यवसाय दर्ता गर्ने वातावरण बनाइनुपर्छ।

व्यवसाय नवीकरण गर्ने व्यवस्था हटाउनुपर्छ। किनभने करदाताले कर तिरिरहेको छ भने त्यसैलाई सरकारले नवीकरणका रूपमा लिनुपर्छ। अहिले बढीमा ७ ठाउँमा दर्ता गरेर कम्तिमा ४ ठाउँमा दर्ता गर्न जानुपर्ने अध्ययनबाट देखिएको उनको भनाइ छ।

थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP