Trending
समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी

मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, तीनजना घाइते

 

काठमाडौं : ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्। उनीहरूमध्ये एकको अवस्था गम्भीर छ भने दईजनाको अवस्था सामान्य छ।

ललितपुर प्रहरीका अनुसार गएराति सवा ११ : १० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। गम्भीर घाइते गोदावरी नगरपालिका-३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायव निरीक्षक यमबहादुर भुजेलले जानकारी दिए।

यस्तै म्याग्दी घर भई गोदावरी नगरपालिका-३ बस्ने वर्ष ४० अमरध्वज पौडेल, २९ वर्षीय मोसेर लामिछानेको पनि पाटन अस्पतालमा उपचार भइरहेको भुजेलले बताए। कार चालक रूपक सापकोटाकाे अवस्था भने सामान्य छ।

 

ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ । ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो।

प्रहरीका अनुसार चालक सापकोटाले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार दुर्घटना भएको हो। दुर्घटनापछि उनले नै प्रहरीलाई खबर गरेको प्रहरी नायव निरीक्षक भुजेलले जानकारी दिए।

ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणको सहयोगमा पोल हटाइँदैछ।

 

 

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP