Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, तीनजना घाइते

 

काठमाडौं : ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्। उनीहरूमध्ये एकको अवस्था गम्भीर छ भने दईजनाको अवस्था सामान्य छ।

ललितपुर प्रहरीका अनुसार गएराति सवा ११ : १० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। गम्भीर घाइते गोदावरी नगरपालिका-३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायव निरीक्षक यमबहादुर भुजेलले जानकारी दिए।

यस्तै म्याग्दी घर भई गोदावरी नगरपालिका-३ बस्ने वर्ष ४० अमरध्वज पौडेल, २९ वर्षीय मोसेर लामिछानेको पनि पाटन अस्पतालमा उपचार भइरहेको भुजेलले बताए। कार चालक रूपक सापकोटाकाे अवस्था भने सामान्य छ।

 

ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ । ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो।

प्रहरीका अनुसार चालक सापकोटाले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार दुर्घटना भएको हो। दुर्घटनापछि उनले नै प्रहरीलाई खबर गरेको प्रहरी नायव निरीक्षक भुजेलले जानकारी दिए।

ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणको सहयोगमा पोल हटाइँदैछ।

 

 

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP