काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा जारी छ। यो जात्रा वैशाख शुक्ल पूर्णिमादेखि तीन दिन मनाइन्छ।
यो वर्ष तिथि आइतबार नै लागेका कारण हिजै जात्रा शुरु भएको छ। जात्राको पहिलो दिन बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रूपमा जात्रा शुरु गरिन्छ।
राति हनुमानढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा) हुने स्थानीय मनिष भोछिभोयाले बताए।
उनका अनुसार दोस्रो दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट) लाई स्थानीय युवाले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउने प्रचलन छ। भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिन्छ।
जात्रा अवधिभर बुढापाकाले टोलटोलमा बसी बिहान-बेलुका भजन गाउँछन्। ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध राजचन्द्र श्रेष्ठले बताए।
किंवदन्तीअनुसार करिब २५ सय वर्षअगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीका रुपमा प्रकट भई चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुशीयालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइएको हो ।
चण्डेश्वरी जात्रा करिब दुई हजार ५०० वर्षअघिदेखि मनाउँदै आएको विश्वास छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया