Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ललितपुरमा सत्यमोहनको शालिक अनावरण

 

काठमाडौं : ललतिपुरमा स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ।

मंगलवार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो।

महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गरे।

०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो। उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरेका थिए। कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए।

झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने मेयर महर्जनको भनाइ छ।

झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने बताए। महर्जनले जोशी मुलुककै गहना भएको बताए।

प्रमुख महर्जनले स्वर्गीय जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको बताए। थाहा खबर  

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP