काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सीमित स्रोतसाधनबाट अधिकतम प्रतिफल हासिल गर्ने उद्देश्य राखेर विनियोजन विधेयक ल्याइएको भन्दै समर्थन गरेका छन्। संसद्मा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि मंगलबारदेखि छलफल सुरु भएको छ।
कांग्रेसका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद कार्कीले सीमित स्रोतसाधनबाट अधिकतम प्रतिफल हासिल गर्ने मनसायका साथ विधेयक आउनु सकारात्मक भएको बताए। ‘यो विधेयकको प्रमुख उद्देश्य बजेट प्रणालीमा सुधार ल्याई सीमित स्रोतसाधनबाट अधिकतम प्रतिफल हासिल गर्नमा जोड दिइएको देखिन्छ, जुन सकारात्मक छ’, उनले भने, ‘तर यसो भन्दै गर्दा अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु कि बजेट खर्च भएर मात्रै हुँदैन, खर्च भइसकेपछि त्यसले ल्याउने परिवर्तन र जनताले पाउने प्रतिफल प्रमुख हुन्छ।’
जनतालाई सडक, पुल, स्वास्थ्यचौकी, विद्यालयजतस्ता भौतिक विकास चाहिएको हुँदा त्यसलाई ध्यानमा राख्नुपर्ने मत पनि राखे। जनताको विकासको उर्लँदो आकांक्षालाई अहिलेको दुई ठूला दलबीचको सरकारले पूरा गर्नेमा विश्वास व्यक्त गरे।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया