काठमाडौँ : काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किएको फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ स्थापना गरिएको छ।
दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको बिजुलीबाट चल्ने उक्त प्लान्टले एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन गर्ने महानगरपालिकाले जनाएको छ।
यसको लागत करिब २० लाख रुपैयाँ हो। महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले यसको नतिजा हेरेर थप विस्तार गर्ने बताइन्।
‘यो नमूना योजना हो, यसको नतिजा हेरेर विस्तार गर्ने छौँ,’ कार्यक्रमका बारेमा जानकारी दिँदै उनले भनिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ, सानातिना एकाइमा अहिले हामीले परीक्षण गरेका हौँ।’
वरिष्ठ इञ्जिनियर निशा कोइरालाका अनुसार ३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्बर छन्।
‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ, त्यसपछि एनएरोबिक विधि (अक्सिजन दिनु नपर्ने विधि)बाट प्रशोधन सुरु हुन्छ, तेस्रो चरणमा एरोबिक (अक्सिजन दिनु पर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ, यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ, बोटविरुवामा हाल्न मिल्ने हुन्छ,’उनले भनिन्।
विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन्। नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमुनाका रुपमा प्रशोधन गरिएको छ। यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने छ। प्लाजामा दैनिक करिब ९ हजार लिटर पानी प्रयोग हुने गरेको उनको भनाइ छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया