Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

यौनधन्दामा लगाएको अभियोगमा तीनजना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई अवैध रूपमा यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गत सोमबार साँझ पोखरा महानगरपालिका–८ सृजना चोकबाट उनीहरू पक्राउ परेका हुन्। सृजना चोकमा रहेको मनिका रेस्टुराँमा यौनजन्य क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले होटेलमा अनुसन्धान गरेको थियो।

होटेलबाट पाँचजना महिलालाई उद्धार गरी सेफ हाउसमा पठाइएको छ। उक्त होटेलका सञ्चालक सहित तीनजनालाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाहरूमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–८ सृजनाचोकमा मनिका रेस्टुराँ सञ्चालन गरी बस्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँको व्यास नगरपालिका–५ साँगे बस्ने २१ वर्षीय सलन गुरुङ रहेका छन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP