Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

पर्सा, वीरगंज महानगरपालिका-१२ प्रतिमा चोकमा बा.४ ख ३९३५ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१५ भिष्वा बस्ने ७३ वर्षीय ननक राउत यादवको मंगलबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ वंक चोकस्थित सडकमा सु.प.प्र.०१-००१ ज १६८३ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएको छ। मंगलबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी, बिष्णुपुर गाउँपालिका-१ खुरहुरीयास्थित सडकमा अनटेष्ट लेखेको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-१ कबिलासा बस्ने १८ वर्षीय दिपक सन्तको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP