विजयनगर, १ जेष्ठ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न भएको छ । गाउँपालिकाकाे सभाहल खडैचामा बिहिबार पालिका स्तरीय बैठक सम्पन्न भएको आयाेजकले जनाएको छ । गाउँपालिकाकाे आयाेजना र कालिका स्वावलम्बन सामाजिक केन्द्र र हेलेन किलरकाे सहयोगका पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक भएको हाे ।
पाेषण खाद्य सुरक्षा याेजना सम्बन्धी आवश्यक सल्लाह, सुझाव सराेकारवालाहरुसँग लिएको छ । गाउँपालिकामा यस कार्यक्रमलाई प्रभावकारी बनाउँदै याेजनाबद्ध रुपमा अगाडी बढ्नका लागि निर्देशक समिति र सराेकारवासँग छलफलसहित आगामी याेजनामा समावेश गरि लागु गरिएको कार्यक्रमलाई सफल बनाउन गाउँपालिकासँगै समन्वय गरि याेजनाहरुलाई अगाडी सार्ने सुझाव दिएका थिए । सिमान्तकृत समुदायलाई व्यावसायिक खेतीमार्फत आयआर्जनमा जाेड्नुपर्ने सराेकारवालाकाे भनाइ थियोे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पाेषण खाद्य सुरक्षा कार्यक्रमलाई सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र जनसमुदाय सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले गाउँपालिकाले आवश्यक सहयोगकाे साथै समन्वयात्मक भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाए । गाउँपालिकामा सञ्चालित विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर कार्यक्रमहरुलाई जाेड दिन उनलेे आग्रहसमेत गरे ।
कार्यक्रमलाई ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, ४ का वडा अध्यक्ष तिलकराम कँडेल, पालिकाका वास संयाेजक अर्जुन बेल्बासे लगायत विभिन्न शाखाका शाखा प्रमुख, स्वास्थ्यकर्मी, समाजसेवी, कर्मचारीहरुकाे उपस्थिति थियोे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया