Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

विजयनगर, १ जेष्ठ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न भएको छ । गाउँपालिकाकाे सभाहल खडैचामा बिहिबार पालिका स्तरीय बैठक सम्पन्न भएको आयाेजकले जनाएको छ । गाउँपालिकाकाे आयाेजना र कालिका स्वावलम्बन सामाजिक केन्द्र र हेलेन किलरकाे सहयोगका पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक भएको हाे ।

पाेषण खाद्य सुरक्षा याेजना सम्बन्धी आवश्यक सल्लाह, सुझाव सराेकारवालाहरुसँग लिएको छ । गाउँपालिकामा यस कार्यक्रमलाई प्रभावकारी बनाउँदै याेजनाबद्ध रुपमा अगाडी बढ्नका लागि निर्देशक समिति र सराेकारवासँग छलफलसहित आगामी याेजनामा समावेश गरि लागु गरिएको कार्यक्रमलाई सफल बनाउन गाउँपालिकासँगै समन्वय गरि याेजनाहरुलाई अगाडी सार्ने सुझाव दिएका थिए । सिमान्तकृत समुदायलाई व्यावसायिक खेतीमार्फत आयआर्जनमा जाेड्नुपर्ने सराेकारवालाकाे भनाइ थियोे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पाेषण खाद्य सुरक्षा कार्यक्रमलाई सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र जनसमुदाय सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले गाउँपालिकाले आवश्यक सहयोगकाे साथै समन्वयात्मक भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाए । गाउँपालिकामा सञ्चालित विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर कार्यक्रमहरुलाई जाेड दिन उनलेे आग्रहसमेत गरे ।

कार्यक्रमलाई ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, ४ का वडा अध्यक्ष तिलकराम कँडेल, पालिकाका वास संयाेजक अर्जुन बेल्बासे लगायत विभिन्न शाखाका शाखा प्रमुख, स्वास्थ्यकर्मी, समाजसेवी, कर्मचारीहरुकाे उपस्थिति थियोे ।

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP