काठमाडौं : कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ।
आज बिहान करिब ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्ड गोरुसिंगे उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए।
उनका अनुसार पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बि–एबी ९५९९ नम्बरको कारले बाटो काटिरहेका उनीहरूलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै डिएसपी अधिकारीले बताए।
कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया