काठमाडौं : स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ। चाँदीमा पनि सामान्य घटीबढी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ। सोमबार एकतोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया