Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दशौं वातावरण साहित्य गोष्ठी आगामी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानमा हुने

 

काठमाडौं : नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा “दशौं वातावरण साहित्य गोष्ठी” आगामी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने भएको छ।

गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या कविता ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ।

साथै पर्या निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरिनेछ भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डाक्टर अभि सुवेदी हुनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन्।

गोष्ठीका की–नोट स्पिकर डाक्टर गोविन्दराज भट्टराई रहनेछन्। त्यसैगरी डाक्टर गीता त्रिपाठी र अशोक थापा कार्यक्रमका वक्ता रहनेछन्।

कार्यक्रमको संयोजन विजय हितानले गरेका छन्। आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबिचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP