Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गिटी, ढुंगा विदेशमा बेच्न पाउनुपर्ने निजी क्षेत्रको माग

 

काठमाडौँ : निजी क्षेत्रले खोलानाला, नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गरी विदेश निर्यात गर्न दिनुपर्ने माग गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाले आगामी बजेटमा नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गरी विदेश निर्यात गर्न पाउनुपर्ने कार्यक्रम ल्याउन माग गरेका छन्।

उद्योग वाणिज्य महासंघले नदीमा गिटी, रोडा ढुंगाका कारण खेतीमा समेत प्रभाव परिरहेको र भारत बंगलादेशमा अबको केही वर्षमै माग कम हुने देखिएकाले तत्काल उपयोग र निर्यात खुला गर्न पाउनुपर्ने माग गरेको छ। निजी क्षेत्रले यसमा अर्थमन्त्रीलाई बलियो साथ दिने घोषणा गरेको छ।

नेपाल उद्योग परिसंघले पनि करोडौँ पर्ने खेर गइरहेका प्राकृतिक स्रोत उपयोग गर्न नपाएको बताएको छ।

यसअघि अर्थमन्त्री भएकै वेला विष्णु पौडेलले बजेटमा त्यसबारे कार्यक्रम राखेका थिए तर प्राकृतिक स्रोत साधनको चर्को दोहन हुने भन्दै चर्को विरोध भएपछि सरकारले कार्यान्वयनमा लैजान सकेको थिएन।

यसमा राज्यले गम्भीरता नदेखाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो। अदालतले ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी विक्री व्यवस्थापनका लागि कानून बनाएर कार्यान्वयन गर्न भनेको थियो।

स्वदेशी काठले नै आन्तरिक माग परिपूर्ति गरी निकासी समेत गर्नसक्ने सम्भावना भएकाले वर्षेनि अरबौंको काठ र काष्ठजन्य उत्पादन आयात गर्ने अवस्था अन्त्य गरी स्वदेशी काठको उपयोगलाई सहज बनाउन वन सम्बन्धी ऐन कानून र प्रक्रिया सरलीकरण गर्न महासंघले भनेको छ।

महासंघका अनुसार वनजन्य उद्योगबारे ऐनमा व्यवस्था भए पनि व्यवहारिक कठिनाइ भएको हुँदा यस्ता उद्योग स्थापनाका लागि सहजीकरण गरिनुपर्छ। थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP