Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चितवनमा ट्रक ठोक्किँदा ७ जना घाइते

 

चितवन : चितवनको नारायणघाट-मुग्लिङ सडक खण्डमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छ।

भरतपुर–२९ मा आज बिहान नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाँदा २ वटै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ। दुर्घटनामा ट्रक चालकसहित ७ जना घाइते भएका छन्।

घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ का २५ वर्षीय जयकान्त राय यादव सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रविकुमार यादव, अनिल कुमार यादव रहेका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

यस्तै बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोकका ३७ वर्षीय सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा–५ का ३४ वर्षीय धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पुर्णरूपमा संचालनमा आएको छ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP