चितवन : चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो चट्याङ लागेर पहाडी भेग इच्छाकामना गाउँपालिका–१ क्याङसिराङ बस्ने वर्ष ५१ का बिरु चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिरुसङ्गै रहेका ३२ वर्षका भतिज दिलबहादुर चेपाङ भने घाइते भएका छन्। उनीहरू बाटोमा हिडिरहँदा चट्याङ परेको थियो। स्थानीयले खबर गरेपछि राति प्रहरी घटनास्थल पुगेको थियो।
मृतक बिरुलाई पोस्टमार्टम र घाइतेलाई उपचार गर्न आज बिहान करिब ३ बजे भरतपुर अस्पताल पुर्याइएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिङबाट ४५ किलोमिटर पूर्व दक्षिण भेगमा पर्छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया