Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो?

 

 

काठमाडौँ : केही वर्षअघि महामारीकै रूप लिएको कोभिड १९ संक्रमण पुनः देखिन थालेको छ। खासगरी यतिखेर एसियाली देशहरू (सिंगापुर, भारत,हङकङ)मा कोभिड संक्रमित भेटिएको अन्ताराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

नेपालसँग खुला सीमा जोडिएको छिमेकी देश भारतमा समेत यतिखेर कोभिडका संक्रमित भेटिएका छन् भने केही व्यक्तिको कोभिड संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ।

यसरी खुला सीमा जोडिएको छिमेकी देशमा कोभिड संक्रमण बढ्दै जान थालेपछि पुनः नेपालमा पनि संक्रमण देखिन्छ र पहिलेको जस्तै लकडाउन हुन्छ वा दैनिक जनजीवन प्रभावित हुन्छ भन्ने आशंका पनि उब्जिन थालेको छ। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी जान्ने प्रयास गरेका छौँ।

के फेरी कोभिड संक्रमणको जोखिम बढेको हो?

लामो समयदेखि हाम्रोमा कोभिड संक्रमणदर शून्य रहेको छ। यतिखेर एशियाली देशमा पुनः कोभिड संक्रमणका केही भेरियन्ट सक्रिय भइरहेका खबर आइरहेका छन्। यसले हामीलाई अलि ध्यान खिचिरहेको छ।

यतिखेर हामीसँग खुला सीमा जोडिएको छिमेकी देश भारतमा पनि कोभिड संक्रमण देखिएको भन्ने खबर बाहिरिएको छ। यसले गर्दा हामीले अहिले देखिरहेको संक्रमण कत्तिको घातक खालको हो भनेर पनि बुझिरहेका छौँ। तर अहिलेसम्म हामीले पाएको सूचनाको आधारमा खासै घातक खालको संक्रमण नभएको हुँदा आत्ति हाल्नुपर्ने अवस्था छैन तर हामी सचेत भने छौँ।

छिमेकी देश भारतमा संक्रमण फैलिरहेको अवस्थामा हाम्रोमा कस्तो तयारी छ त संक्रमण रोक्न?

हो, संक्रमण हाम्रोमा नआओस् भन्नलाई हामीले आफ्नो तर्फबाट तयारी गरिसकेका छौँ। यसका लागि अहिले भारतसँग खुला सीमा जोडिएका र धेरै मानिसको आवतजावत हुने नाकामा रहेका हेल्थ डेक्सलाई सक्रिय हुन निर्देशन दिइरहेका छौँ भने नाकामा रहेका सबै हेल्थ डेक्समा कोभिड परीक्षणका लागि आवश्यक पर्ने किट पनि पठाइसकेका छौँ। अन्य तयारी भने आगामी दिनमा त्यहाँ कतिको संक्रमण बढ्दै जान्छ सोहीअनुरूप हुन्छ।

भनेपछि अहिले आत्ति हाल्नुपर्ने अवस्था छैन?

कोभिड संक्रमण देखा परेयता समय–समयमा नयाँ नयाँ भेरिएन्ट देखा परिरहेका छन् तर सुरुको अवस्था जस्तो अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन। किनभने अहिले भारत लगायत देशमा देखिएका संक्रमण खासै घातक खालका नभएको हालसम्म हामीलाई आएको सूचनाले देखाएको छ।

अर्को महत्त्वपूर्ण कुरा भनेको यतिखेर हाम्रोमा लगभग सबै नागरिकले कोभिडविरुद्धको खोप पनि लगाइसक्नु भएको छ। त्यसैले पहिले जस्तै कोभिड संक्रमण घातक हुन्छ। मानिसहरूको मृत्यु नै हुन्छ भनेर डराउनुपर्ने अवस्था छैन।

त्यसो भए नागरिक ढुक्कसँग हिँडडुल गर्न सक्ने अवस्था छ?

होइन, हामीले कोभिडविरुद्धको खोप लगाएको हुँदा सुरक्षित छौँ तर संक्रमणबाट जोखिन जनस्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ। किनभने जुनसुकै संक्रमणले पनि शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएका,दीर्घरोगीलाई असर गर्ने हुँदा जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, भीडभाडमा नजाने, साबुनपानीले हात धुने काम भने गर्नुपर्छ। खोप लगाएका छौँ हामी सुरक्षित छौँ भनेर बेवास्ता भने गर्नु भएन।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP