Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

‘विमानस्थल नचल्दा र सडक समयमै नबन्दा पर्यटन क्षेत्र मारमा’

 

 

काठमाडौं : होटल क्षेत्रमा अर्बौं लगानी भएपनि बनेका विमानस्थल नचल्दा र सडकहरू समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको छ।
होटल एशोिसिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौं लगानी भएका होटलहरू खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताए।

आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताए। अध्यक्ष साहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ। तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ। उनकाअनुसार आर्थिक चाप, देशमा तरलता धेरै छ। बाह्य सूचकहरू राम्रो देखिन्छ। व्यवसायीहरूले अनुभूती गर्ने भनेको आन्तरीक अर्थतन्त्र चलायमानबाट नै हो। तर त्यस्तो रुपमा देखिँदैन।

अध्यक्ष साहकाअनुसार सरकारले नीति तथा कार्यक्रममा केही कुराहरू राम्रो ल्याएको छ, त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्छ। बजेटले अहिलेको मुलभुत समस्या भनेको कनेक्टीभिटीलाई जोड दिनुपर्छ। पोखरा, चितवनका राजमार्गहरू वर्षौंदेखि बनिरहेका छन्। कहिले सकिने भन्ने यकिन छैन। समयसीमा नै तोकेर ती राजमार्गहरू स्तरोन्नति गर्नुपर्ने उनको भनाई छ। अध्यक्ष साहकाअनुसार यस्ता कुराहरूलाई बजेटले सम्बोधन गर्नुपर्छ। पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरूको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उनले बताए।

अध्यक्ष साहकाअनुसार अहिलेको बजेटले ती राजमार्गका सन्दर्भमा फरक हिसाबले हेर्नुपर्छ। पूर्वाधार निर्माणमा सरकारी निकायबीच नै समन्वयको अभाव देखिएको भन्दै शाहले त्यस्तो अभाव रहन नहुने बताए। अध्यक्ष साहले भैरहवा र पोखरा एयरपोर्टलाई दु्रत रुपमा पूर्ण सञ्चालनमा ल्याउनेगरी सरकार लाग्नुपर्ने बताउनुभएको छ। उनकाअनुसार त्यसो भ भयो भने एक वर्षमा पर्यटकको संख्या दोब्बर गर्न सकिन्छ। त्यतातिर बजेट केन्द्रित हुनुपर्छ।

शाहकाअनुसार पर्यटन क्षेत्र र हस्पिटालिटी क्षेत्रमा औपचारिक र अनौपचारिक दुवै देखिन्छ। औपचारिक क्षेत्रले राज्यका नीति नियमसँगै सबै पालना गरेको हुन्छ भने अनौपचारिक क्षेत्रले केही पालना गरेको हुँदैन। त्यो क्षेत्र एकदमै फस्टाएर गएको छ। राम्रो लगानी गरेर सरकारको नीति नियम मानेर सरकारलाई कर तिरेर गर्ने होटलहरू र अनौपचारिक क्षेत्रका होटलहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यो कुरालाई बजेटले हेर्नुपर्छ।

अहिले देशमा तीन तहका सरकार भएकाले एकआपसमा समन्वयको खाँचो रहेको बताउँदै उनले निजी क्षेत्रबीच ती सरकारहरूले समन्वय गर्न नसकेको समेत बताए। अध्यक्ष साहकाअनुसार जतिसुकै नीति तथा कार्यक्रम बजेट राम्रो भए पनि त्यसको कार्यानवयन प्रभावकारी नभए अर्थ हुँदैन। विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइए पनि कार्यान्वयन भने हुन नसकेको उनको भनाइ छ।

बजेटले यसपाली तोकेकोमध्ये १५—२० प्रतिशत मात्रै काम शुरु हुने र फत्ते नहुने गरेको साहाले बताए। बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसाबले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उनको बुझाइ रहेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष साहको भनाई छ।

अध्यक्ष साहकाअनुसार कागजमा मात्रै पाएर हुँदैन। त्यसको नीति, नियमावली, कार्यविधि छिटो भन्दा छिटो बनाइनुपर्छ। अहिले त्यस्ता चिजहरू नबन्दा अहिले सुविधाबाट वञ्चित हुनुपरेको छ। व्यवसायीले ऋण लिएर साँवा ब्याज तिर्न समस्या परिरहेकाले बजेटमा यसबारे बोलिदिनुपर्ने उनको भनाइ छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP