Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वीरगञ्ज सुक्खा बन्दरगाहले १० महिनामा उठायो ४१ अर्ब राजस्व

 

वीरगञ्ज : सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व स‌ंकलन गरेको छ। कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व उठाएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिए। ‘गत आवको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व स‌कलन भएको थियो’, उनले भने, ‘गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा २.८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ।’

साउनमातीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व उठाएको कार्यालयले जनाएको छ। यस्तै मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड र वैशाखमाचार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको बरुवालले बताए।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP