Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प

 

काठमाडौं : गण्डकी प्रदेशका यातायात व्यवसायीले सार्वजनिक यतायात ठप्प पारेका छन्। प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई मान्यता दिने कानून ल्याएपछि यातायात व्यवसायीले गण्डकीमा अनिश्चितकालीन सार्वजनिक यतायात सेवा ठप्प पारेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न प्रदेश सरकारलाई दबाब दिन यातायात ठप्प पारेका हुन् । सार्वजनिक यातायात सेवालाई धराशायी बनाउने उद्देश्यमा सरकार लागेको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आरोप लगाए। व्यवसायीले आफ्नो निर्णयबाट पछि हट्न सरकारलाई १८ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

सरकार निर्णयबाट पछि नहटे १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने व्यवसायीको चेतावनी छ । दबावस्वरुप व्यवसायीले भोलि काठमाडौंमा विरोध प्रर्दशनको आयोजना गरेका छन् । प्रदेशभर करिब गुड्ने करिब १५ हजार भन्दा बढी सार्वजनिक गाडीहरु रहेको तथ्यांक छ । यातायात ठप्प भएसँगै सर्वसाधारण भने मर्कामा परेका छन् । सार्वजनिक सवारी नचल्दा पोखराका सडक बिहानैदेखि सुनसान छन् ।                      थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP