Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 

 

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

काठमाडौं, नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको ईभि माइक्रोबाट खसेर माइक्रोमा सवार नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको शुक्रबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित सडकमा सल्लिबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे. १ ह ९९३० नम्बरको अटो र भे.१० प ८३८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बनगाड कुपिण्डे नगरपालिका-५ बस्ने २१ वर्षीय नबिन रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहट, देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित सडकमा नारायण चोकबाट कटहरीयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-०२१ प ०९९० नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार कटहरीया नगरपालिका-५ बलिरामपुर टोल बस्ने २५ वर्षीया रन्जना कुशवाहाको बिहीबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP