Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

१ लाख ७० हजार बढी विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी

 

काठमाडौं : सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले देशभरी करीब १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ ।

समुदायस्तरमा विपद् सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागेको छ । यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरूमा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नुपर्ने हुन्छ ।

जस अनुसार देशभरीका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिनेछ । यसबाट विपद् सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोही अनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्वारमा सहजता हुने विश्वास मुख्यालयको छ ।

विपद् सुचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूकल प्रशिक्षण प्रदान गर्ने विपद् सिमुलेशन अभ्यासमा सहभागी गराउने योजना समेत सशस्त्र प्रहरी बलको छ ।

यसैबीच सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्वारक पनि तयार गर्दै छ । गत जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित गोताखोर तालिम समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसैवर्ष सातवटै प्रदेशमा करीव १ हजार समुदाय विपद् उद्वारक तयार गर्ने योजना सार्वजनिक गरेका हुन् ।

जसअनुसार मुख्यालयले यसको तयारी स्वरुप मातहत कार्यालयमा विपद् उद्वारक स्वयंसेवक तालिम पनि सुरुवात गरेको छ । समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिइनेछ । त्यसमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन् ।

प्रदेशस्थित सशस्त्र प्रहरी बलका मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम संचालन गर्नेछन् भने अन्य १ सय ४७ वटा तालिम आर्थिक वर्ष २०८२ र ०८३ मा संचालन गरिनेछ । यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्व तयारीका साथै विपद्का समयमा उद्वार तथा राहतको कार्यमा सहजता समेत हुनेछ ।

सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण तनहुँबाट समुदाय विपद् स्वयंसेवक तालिम सुरुवात भएको छ । स्थानीय सरकार तथा सरोकारवाला निकायहरू सँगको समन्वयमा गणले ५८ जनाको लागि तालिम संचालन गरेको हो ।

तालिमको क्रममा स्थानीय पालिकामा रहेका र अपुग भएमा सशस्त्र प्रहरी बलको सम्बन्धित कार्यालयमा रहेका विपद् उद्वारका सामाग्री प्रयोग गरिनेछ । तालिमका लागि दक्ष प्रशिक्षकको व्यवस्था प्रशिक्षण प्रतिष्ठान तथा बाहिनी मुख्यालयहरूले गर्नेछन् भने प्राकृतीक विपद् जोखिम रहेका पालिकाहरूमा यसप्रकारको तालिम दोहोर्याएर समेत गरिने सशस्त्र प्रहरी बलको योजना छ । थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP