Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

एम्बुलेन्ससँग स्कुल भ्यान ठोक्किँदा चालकको मृत्यु

 

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली-२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन् ।

स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो।

बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किएकोनवलपुर प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार रूपन्देहीको बुटवल गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र सोही ठाउँका २५ वर्षीया स्नेहा परियार तथा भ्यानमा सवार देवचुली- १७ का १० वर्षीया आयुषा गौतम र ६ वर्षीया सोखनिया रोक्का घाइते भएका छन्।

उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। एम्बुलेन्समा आएका बिरामीलाई अर्को एम्बुलेन्समा राखी चितवन पठाएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP